अष्ट्रेलियामा कार्यरत १ नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाइयो
बुधबार, ०९ माघ २०७५, १९ : ५६
काठमाडौं– अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा
नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो ।
एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ ।
उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो र तस्विरहरु सार्वजनिक भएका थिए । तर पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भन्दै सम्बन्धित परिवारले भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भएलगत्तै उक्त परिवारले अदालतमा मुद्धा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई मधेसमा बदनाम बन्दै वरमाला
-
फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी
-
राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ