बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरको उपचारको क्रममा ३१ किलो तौल बढ्दा विवाहअघि प्रेमीले तोडे सम्बन्ध

बुधबार, ०९ माघ २०७५, १३ : ५२
बुधबार, ०९ माघ २०७५

टर्मिनल ब्रेन ट्युमरबाट ग्रसित एक युवतीको उपचारको क्रममा ३१ किलो तौल बढेपछि उनका प्रेमीले सम्बन्ध तोडेको युवतीको दाबी छ ।

न्यूयोर्ककी २४ वर्षीय इमिली निकोलसन मोडलको रुपमा काम गर्थिन् । उनका प्रेमी जेमी स्मिथले उनीहरु दुबैजना अष्ट्रेलियाको पर्थमा हुँदा प्रस्ताव गरेको उनको भनाई छ  ।

त्यसपछि उनलाई तेस्रो ग्रेडको एस्ट्रोसिटोमा, निको नहुने ब्रेन ट्युमर, भएको पत्ता लाग्यो । सुरुमा उनीसँग १२ देखि १८ महिनामात्रै समय भएको बताइयो ।

‘जेमी सुरुमा निकै सहयोगी थिए तर स्टेरोइड उपचारको क्रममा मेरो तौल ३१ किलो बढेपछि उनले मलाई फेसबुक मेसेन्जरमार्फत् ब्रेकअप दिए, ’ उनले भनिन् ।

यो जोडीले फेसबुक मेसेन्जरमा निकै झगडासमेत गरे । जेमीले इमिलीलाई तथानाम गाली गर्दै अब उनको व्यवहार थप सहन नसक्ने भन्दै सम्बन्ध तोडेको उनले जानकारी दिइन् ।  

इमिलीले द सनसँगको अन्तर्वार्तामा भनिन्, ‘केही महिना अघिदेखि उनी आफ्ना साथीसँग रमाइलो गरिरहेका थिए । म त्यसमा उपस्थित हुन सकिनँ किनभने म बिरामी थिएँ ।’

‘सुरुमा त म निकै उदास थिएँ, मेरो लागि त्यो सबैभन्दा ठूलो घात थियो तर अब मलाई उप्रति कुनै गुनासो छैन । उनले मेरो निकै मन दुखाएका छन् तर यसमा दुःखी हुनुपर्ने कुरा छैन ।’

यता जेमीले द सनलाई आफूले नभई इमिलीले नै उनलाई धोका दिएको बताएका छन् । उनले तौलका कारण ब्रेकअप नदिएको पनि स्पष्ट पारे ।

मूल रुपमा न्यूयोर्ककी इमिलीलाई सन् २०१६ फेब्रुअरीमा क्यान्सरबारे पत्ता लागेको हो ।

उनी आफ्नो उपचारका लागि युके गएकी छिन् । उपचारमा अत्यधिक खर्च हुने भएकाले उनका साथी तथा आफन्तले उनको उपचारका लागि कोष खडा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप