अखिल क्रान्तिक्रारीको अध्यक्षमा गजुरेल निवार्चित
काठमाडाैं–मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा हरिकृष्ण गजुरेल निर्वाचित भएका छन ।
मंगलबार सिराहामा भएको राष्ट्रिय भेलाले गजुरेलको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको हो ।
अखिल क्रान्तिकारीको उपाध्यक्षमा किरण अधिकारी थारु र शिलु न्यौपाने, महासचिवमा पेसल दहाल, सचिवमा रामबहादुर महरा, मानकुमार न्यौपाने, सूर्य कार्की, दिपेन्द्र लामिछाने, महेश श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै क्रान्तिकारीको कोषाध्यक्षमा रञ्जित शाह निर्वाचित भएका छन । संगठनको सदस्यमा हेमराज शर्मा, केशव साउँद, कपिलदेव भट्ट, दिपेन्द्र लम्साल, बासु अधिकारी, सन्तोष दहाल, सुलभ वैद्य, विनोद केसी, इसान पौंडेल, अमित सापकोटा, दीपक पोख्रेल, हिक्मत शाही, हिक्मत महरा र शोभा सेन्चुरी निर्वाचित भएका छन् ।
त्यस्तै संगठनका अन्य सदस्यहरुमा खेमराज पोख्रेल, मनोविज्ञान शर्मा, डबल काफ्ले, पुष्कर जोशी, टेकेन्द्र साउँद, जगत बहादुर शाही, अस्मिता श्रेष्ठ, नहकुल सड्का, सुलभ बैद्य, माधव भट्ट, सुरज आचार्य लगायत निर्वाचित भएका छन् । भेलाले १६ जना पछि थप गर्ने निर्णय गरेको पनि छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज सीपी गजुरेल, अर्का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कडेंल प्रतिक, पार्टीको प्रदेश नम्बर दुईका सेक्रेटरी किसनदेव सिंह लगायतका नेताहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते