शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम रुकुममा चट्याङ लागेर ६ जना घाइते

बुधबार, ०९ माघ २०७५, १२ : ५३
बुधबार, ०९ माघ २०७५

मुसिकोट– रुकुम (पश्चिम) मा बुधबार बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । 

चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् । 

त्यस्तै, जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चार कोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप