बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धराबासीसहित तीन जनालाई सम्मान गरिने

बुधबार, ०९ माघ २०७५, १२ : ४७
बुधबार, ०९ माघ २०७५

भद्रपुर– जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । 

कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धराबासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए । एक दर्जन बढी कृतिका सर्जक धराबासी यसअघि मदन पुरस्कारबाट समेत सम्मानित व्यक्तित्व हुन् । 

कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति गठन गरेको थियो । कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका झापा संवाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार यही माघ १६ गते प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप