बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पूर्ण सरकारी सुविधा जनसेवामा खर्चिने प्रदेश सांसदको उद्घोष

बुधबार, ०९ माघ २०७५, १२ : ०८
बुधबार, ०९ माघ २०७५

पोखरा–गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताएका छन् । 

गोरखा क्षेत्र नं २(ख) बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त ७ लाख ३० हजारसहित कूल १२ लाख २१ हजार जनसेवामा खर्चिएको जानकारी दिए। 

उक्त रकम छात्रवृत्ति, सामुदायिक भवन, आमा समूह एवं युवा क्लबको क्षमता अभिवृद्धि, उपचार सहयोगलगायतमा खर्चिएको उनले बताए । आफू विभिन्न व्यापार÷व्यवसायमा समेत संलग्न रहेको जानकारी दिँदै उनले व्यवसायबाट प्राप्त आम्दानीको करीब १० प्रतिशत सामाजिक सेवाका क्षेत्रमा छुट्याउने गरेको बताए । 

लामो समयदेखि जापानमा नेपाली ह्याण्डिक्राफ्टको व्यापारसमेत गर्दै आएका दवाडी नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनताले निर्वाचन सम्पन्न भएसँगै ठूलो अपेक्षा गरे पनि ती अपेक्षा पूरा हुन नसकेको नले बताए ।

सिंहदरबार जनताको घरदैलोमा पुर्याउने भन्दै राज्य पुनर्संरचना भए पनि जनताले सहज सेवा पाउन नसकेको उनको भनाइ थियो । राजनीतिका साथै आगामी दिनमा केही उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने तयारीमा आफू लागिरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप