शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस्लानको ब्रान्ड एम्बेसडरमा तीन क्रिकेटर पारस, ज्ञानेन्द्र र शरद

बुधबार, ०९ माघ २०७५, १२ : ००
बुधबार, ०९ माघ २०७५

काठमाडौं–नेपालको सर्वाधिक लोकप्रीय व्रान्ड रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

एक वर्षको उक्त सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान दिने विश्वास कम्पनीको छ । 

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, ‘पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लानसँग जोड्न पाएकोमा निकै खुसि छौं । खेलकुद क्षेत्रमा ठुलो योगदान दिई नेपाललाई विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठूलो भूमिका निर्वाह गर्नेमा बिस्वस्त हुन सकिन्छ ।’

नेपालकै मुख्य खेलहरु – फुटबल र क्रिकेटसँग रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा यी खेलहरुलाई अझै विकास गर्न रुस्लानले पूर्ण समथर्न गर्ने जोशीले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप