शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा माघे झरीः चिसोले बाहिर निस्कन मुस्किल

बुधबार, ०९ माघ २०७५, ११ : ४१
बुधबार, ०९ माघ २०७५

बुटवल–प्रदेश ५ का अधिकांश पहाडी जिल्लामा मंगलबारदेखि सुरु भएको माघे झरी बुधबार पनि कायमै रहेको छ । 

बुधबार बिहान बुटवलमा हावाहुरीका चल्नुका साथै केही स्थानमा छिटपुट बर्षा र हुस्सु लागेको छ । 

पाल्पा, अर्घाखाँची र गुल्मीमा रातीदेखि बिहानसम्म  पानी परेको छ । मानिसहरु घरभित्रै आगो बालेर बसेका छन् ।

रोल्पामा पनि रातभर पानी परेपछि चिसो बढेको छ ।  

रुकुममा  बर्षासँगै हिउँ परेर जनजीवन प्रभावित बनेको छ । दाङ्ग, र बाँकेमा भने घाम लागेको छ । बर्दियामा मङ्गलवार पानी परेपनि विहान घाम लागेको छ ।

नवलपरासी र पश्चिम नवलपुरका केहि भागहरुमा पानी परिरहेको छ । कपिलवस्तुका अधिकांश स्थानमा सिमसिमे पानी परेको पत्रकार बसन्त गिरीले बताएका छन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप