शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको मूल्य बढ्यो, कति छ आज ?

बुधबार, ०९ माघ २०७५, ११ : २६
बुधबार, ०९ माघ २०७५

काठमाडौं–अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ ।

 नेपाल राष्ट्र बैंकले बुधबार (माघ ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ६० पैसा रहेको छ । 

एक युरोको खरिददर १२९ रुपैयाँ ४९पैसा छ भने बिक्रिदर १३० रुपैयाँ १७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ १८ पैसा  र बिक्रिदर १४७ रुपैयाँ ९५पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३७७ रुपैयाँ ६७ पैसा रहेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप