शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परेश रावलका छोरा अनुराग कश्यपको यो फिल्ममार्फत बलिउडमा पाइला टेक्दै

बुधबार, ०९ माघ २०७५, ०९ : ४५
बुधबार, ०९ माघ २०७५

सन् २०१९ मा विभिन्न स्टार किड्सले बलिउडमा डेब्यू गर्दैछन् । यसैमा परेश रावलका छोरा आदित्य रावलको पनि नाम जोडिएको छ । आदित्य, अनुराग कश्यपको को–प्रोडक्सनमा बन्न लागेको फिल्म बम्फाडमार्फत बलिउडमा कदम राख्नेछन् । यो फिल्ममा उनको अपोजिट शालिनी पाण्डे देखिनेछिन् ।

एक महिनाको वर्कशपः

अनुरागले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आदित्यका आमा–बुवाको पृष्ठभूमी फिल्मी बताउँदै उनलाई फिल्ममा कास्ट गर्नुअघि एक महिनाको मात्रै वर्कशप राखिएको जानकारी दिए । यस्तै, मुख्य नायिकाको रुपमा शालिनीको यो पहिलो हिन्दी फिल्म हुनेछ ।

अनुरागले फिल्मको अचम्मको टाइटलबारे बताउँदै यसले फिल्मका पात्रबारे जानकारी दिएको बताए । उनले भने, ‘यो नर्थ इन्डियामा प्रयोग गरिने एक शब्द हो जसका अर्थ बिस्फोट गर्ने तत्व हो । फिल्मको निर्देशन रंजन चन्देलले गरिरहेका छन् । यस्तै, प्रोडक्सनमा अजय राय, प्रदीप कुमार र एलनको नाम पनि समावेश छ ।

आदित्यले भनेका थिए पितासँग तुलना नगरः

सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा आदित्य रावलले आफूलाई पितासँग तुलना नगरिदिन आग्रह गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमा–बुवा उत्कृष्ट अभिनेता हुन् तर यदि तपाईंहरुले ममा उहाँहरुको अभिनय कला खोज्नुहुन्छ भने पाउनुहुन्छ । म जे गर्छु, त्यसमा पूरा रमाएर गर्ने कोसिस गर्छु । त्योभन्दा बढी मेरो हातमा अरु केही छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप