विमानसँगै वेपत्ता भए अर्जेन्टिनी फुटबलर
एजेन्सी– अर्जेन्टिनी फुटबलर एमिलियानो साला आफू चढेको विमानसँगै बेपत्ता भएका छन्। इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै उनी वेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
२८ वर्षीय साला चढेको विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा प्रवेश गरेका थिए ।
उनका लागि कार्डिफ सिटीले एक करोड ५० लाख पाउन्ड खर्चिएको थियो। विमानको खोजी कार्य भैरहेको फ्रान्सको नागरिक उडड्यन अधिकारीहरुले जनाएका छन् । विमानमा अर्जेन्टिनी स्ट्राइकर सालाका अतिरिक्त अर्का एक ब्यक्ति पनि रहेको जनाइएको छ ।
सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यतिबेला विमान पाँच हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ।
टावरसँग सम्पर्क विच्छेद हुँदा भने विमान दुई हजार तीन सय फिटको उचाइमा थियो। विमान अहिलेसम्म नभेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा केलियन एमबाप्पे र निकोलस पेपेपछि तेस्रो स्थानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)