शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

मङ्गलबार, ०८ माघ २०७५, १९ : ४७
मङ्गलबार, ०८ माघ २०७५

बाजुरा । एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ । 

जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । 

विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो । त्यसपछि आज बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताए । 

समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो । 

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताए । 

हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप