शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं साधारण सभाः १७.५० प्रतिशत नगद लाभाँश पारित

मङ्गलबार, ०८ माघ २०७५, १८ : ४१
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं वार्षिक साधारणबाट शेयरधनीहरुलाई १७.५० प्रतिशतका दरले नगद लाभाँश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

बैंकको संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७४/७५ को लागि यसका शेयरधनीहरुलाई १७.५० प्रतिशतका दरले नगद लाभाँश वितरण गर्ने प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेको हो । स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा तर्फ २१९ करोड र संचालन मुनाफा तर्फ ३३५ करोड आय आर्जन गरेको छ ।

आ.व.२०७४/७५ को अन्त्यसम्ममा बैंकले गत वर्षको जोखिम सम्पतिको रु.४४५६ करोडको तुलनामा १६ प्रतिशतको सबल वृद्धि गर्न सक्षम भएको छ । यसैगरी बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेर ६७०६ करोड पुगेको छ ।

बैंकका अध्यक्ष जितेन्द्र अरोडाले उक्त अवसरमा बैंकका सबै लगानीकर्ताहरु, सेवाग्राहीहरु, नियमक निकायहरु र अन्य शेयरधनीहरुलाई उनीहरुको निरन्तर सहयोग र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गरे । साथै उनले बैंकको प्रगतिमा निरन्तर सेवारत कर्मचारीहरुलाई पनि उनीहरुको प्रतिबद्धता र योगदानको कदर गर्दै भविष्यमा पनि यसरी नै बैंकको उत्तरोत्तर प्रगतिमा जुटिरहन आग्रह गरे ।

अरोडाले भने, ‘हामी अहिले दिगो मुनाफा वृद्धिलाई कायम गर्ने दिशामा अग्रसर छौं । हामीले अझै हाम्रो सम्पूर्ण ध्यान हाम्रा ग्राहकहरुलाई प्रदान गर्ने सेवामा सुधार गर्ने, हाम्रा लगानीकर्ताहरुका लागि उत्तम प्रतिफल प्रदान गर्ने र हामीले सेवा पु¥याइरहेका समुदायहरु प्रति अझै बढी जिम्मेवार बन्नमा केन्द्रित गर्नु पर्दछ ।

साथै हामीले नेपालको आर्थिक विकासमा सहयोग गर्ने हाम्रो कटिबद्धता पूरा गर्न हाम्रा ग्राहकहरु र सेवाग्राहीहरुलाई विभिन्न प्रकारबाट सहयोग प्रदान गर्न पनि पछि पर्नु हुँदैन ।’ 

साधारण सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट बैंकको नयाँ संचालक सदस्यमा भरत कुँवरलाई नियुक्त गरेको छ । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत शेयर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप