शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुपर भोक–ओपोको फ्ल्याश चार्जिङले पायो मान्यता

मङ्गलबार, ०८ माघ २०७५, १८ : २४
मङ्गलबार, ०८ माघ २०७५

काठमाडा– सुपर भोक–ओपोको फ्ल्याश चार्जिङले पायो मान्यता पाएको छ ।

प्रसिद्ध अन्तराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेन्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान (सर्टिफाइड) गरेको छ ।

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपालमा पनि भरखरै सार्वजनिक ओपो एफनाइन मार्फत यो प्रविधि उपलब्ध गराइसकेको छ । हाल विश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।

दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परिक्षणपनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१०भी ५ए) सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले बास्तवमै सुरक्षित प्रमाणित गरिदिएको छ । 

प्रमाणिकरण प्रक्रिया अन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परिक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाईफ परिक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परिक्षण गरिएको जानकारी दिइएको छ । यी परिक्षण र नतिजाले मोबाइलको फास्ट चार्जिङ प्रविधि सुरक्षित र विश्वासिलो रहेको प्रमाणित गरेको छ ।

वैश्विक प्रमाणिकरण र ब्यापक बौद्धिक सम्पत्ति रणनीतिक साझेदारीहरुका साथमा ओपोले उपभोक्ताका लागि थप सुरक्षित र सरल फ्ल्याश चार्जिङ अनुभव दिइरहेको छ । सुपरभोक प्रविधिका साथमा स्मार्टफोनले मात्र १० मिनेटको अन्तरालमा फोनको ब्याट्रीलाई ४०% सम्म चार्ज गर्ने क्षमता पाउँछन् ।

सुपरभोक फ्ल्याश चार्जले ५ तहको सुरक्षापनि प्रदान गर्छ । यसले फोन चार्जमा रहेको अवस्थामा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप