बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख प्रतिपक्षी दल काँग्रेसद्वारा सांसद बैठक अवरुद्ध, सभामुख र सरकारविरुद्ध नाराबाजी

मङ्गलबार, ०८ माघ २०७५, १५ : २९
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे आज दोस्रो दिन पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ । 
नेपाली काँग्रेसका नेताका नाममा रहेका अस्पताललाई पूर्वाग्रहसाथ सरकारले केन्द्र सरकारको मातहतमा नराखेर खारेजी गर्ने अवस्थामा पुर्याएको भन्दै त्यसको विरोधमा काँग्रेस सांसदहरुले मङ्गलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका हुन् । 
बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइरालाका नाममा खोलेको अस्पताल र शुशील कोइराला अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरे । 
सांसद सिंह बोले लगत्तै काँग्रेस सांसदहरु उठेर रोष्टम घेरेका थिए । त्यहि बेला सभामुख कृष्ण बहादुर महराले काँग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसनग्रहण गर्न आग्रह गरेपनि सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । 
 त्यसक्रममा मर्यादापालक र काँग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो ।  सो क्रममा काँग्रेस सांसदहरुले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरुद्ध नाराबाजी पनि गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप