शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा चट्याङ लागेर १ जनाको मृत्यु

मङ्गलबार, ०८ माघ २०७५, १३ : ०५
मङ्गलबार, ०८ माघ २०७५

परशुराम– डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप