बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘द ब्रेकअप’ ट्रेलरमा रोमान्टिक आशिरमान र शिल्पा

मङ्गलबार, ०८ माघ २०७५, १२ : ४६
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं – हेमराज विसीको निर्देशन रहेको फिल्म ‘द ब्रेकअप’ ले अफिसियल ट्रेलर ल्याएको छ । 

प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्के बीचको प्रेम, रोमान्स र ट्रयाजेटी दृश्यले प्रथामिकता पाएका छन् । 

प्रेम जीवनमा आउने उचारचढाव समेत फिल्ममा रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । ट्रेलरमा आशिमान र शिल्पा बीचको ‘लिपलक’ दृश्यले समेत प्रथामिकता पाएका छन् । 

१७ फागुनबाट प्रदर्शनमा आउने फिल्मको छायांकन ६० प्रतिशत अस्ट्रेलिया र ४० प्रतिशत स्वदेशकै पोखरामा गरिएको  हो ।

‘दि ब्रेकअप’ मा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको समेत लगानी रहेको छ । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । 

फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारको मुख्य अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप