शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बोयटाङले लगाए बार्सिलोनाको जर्सी

मङ्गलबार, ०८ माघ २०७५, १० : ५९
मङ्गलबार, ०८ माघ २०७५

एजेन्सी । स्पेनिस पावर हाउस बार्सिलोनाले मिडफिल्डर केभिन प्रिन्स बोयटाङलाई टोलीमा अनुबन्ध गरेको छ । 

घानाका ३१ बर्षीय बोयटाङलाई बार्सिलोनाले यस सिजनका लागि लोनमा भित्र्याएको हो । बार्सिलोनाले सोमबार राती पत्रकार सम्मेलनमार्फत बोयटाङलाई सार्वजनिक गरेको थियो । 

आक्रामक मिडफिल्डरको रुपमा बोटेङलाई टोलीमा समावेश गरेकोे पनि बार्सिलोनाले जनाएको छ ।

इटालीको ससौलोबाट लोनमा बार्सिलोना आइपुगेका बोटेङलाई सिजनको अन्त्यपछि पुनः बार्सिलोनाले राख्न सक्ने बताइएको छ । 

बोटेङ एक वर्षअघि मात्र ससौलो पुगेका थिए । ससौलोमा उनले १५ खेल खेल्दै पाँच गोल गरेका थिए । उनले त्यसअघि स्पेनिस लिगमा लास प्लामसबाट खेलेका थिए ।

बोटेङले इटालीको एसी मिलान, जर्मनीको साल्के र फ्रान्कफर्ट र इङ्लिस क्लब पोर्टस्माउथ र टोट्टनहामबाट पनि खेलेका छन् ।

जर्मनीमा जन्मिएर त्यहीको युवा टोलीबाट खेल्दै आएका बोयटाङले सन् २०१० देखि २०१४ सम्म घानाको राष्ट्रि«य टोलीबाट खेलेका थिए । घानाका लागि उनले दुई गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप