शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बन्नेछ शाहरुख खानको डन थ्री, तर यो कुरामा उदास छन् प्रशंसक

मङ्गलबार, ०८ माघ २०७५, ०९ : १५
मङ्गलबार, ०८ माघ २०७५

शाहरुख खानका लागि सन् २०१८ व्यवसायिक हिसाबले राम्रो भएन । फिल्म ‘जिरो’ बक्स अफिसमा नराम्रोसँग असफल भएको छ । तर यो वर्ष शाहरुख खान सफल सिरिजमार्फत डन थ्री लिएर आउँदैछन् । रिपोर्टका अनुसार यो सिरिजको अन्तिम फिल्म हुनेछ त्यसकारण शाहरुख खानका प्रशंसक यो एउटा कुरामा उदास छन् ।

रिपोर्टका अनुसार अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा बनिरहेको फिल्म ‘सारे जहाँ से अच्छा’ को सुटिङ समाप्त गरेपछि शाहरुख डन थ्रीको सुटिङ सुरु गर्नेछन् । डन थ्रीका लागि शाहरुखले राकेश शर्माको बायोपिकबाट अलग्गिएको अफवाह फैलिएको थियो । अब डन थ्रीको टाइटलको चर्चा छ । खबरका अनुसार फिल्मको टाइटल ‘डन दि फाइनल च्याप्टर’ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप