शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो चुके पनि युभेन्टसको सहज जित

मङ्गलबार, ०८ माघ २०७५, ०८ : ५२
मङ्गलबार, ०८ माघ २०७५

एजेन्सी - इटालियन सिरी ए फुटबलको शीर्ष टोली युभेन्टसले लिगमा अपराजित यात्रालाई कायम राखेको छ । लिगअन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा समेत असफल भए पनि टोलीका अन्य खेलाडीले दमदार प्रदर्शन गरे । युभेन्टसले १३ औं मिनेटमा डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । ४५ औं मिनेटमा इम्रे च्यानले अर्को गोल गर्दै पहिलो हाफमा यभेन्टसको अग्रता दोब्बर बनाए । इम्रेले पाउलो डिबालाको पासमा उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो हाफमा पनि युभेन्ट्सले लगातार गोल गर्ने अवसर बनायो । ५३ औं मिनेटमा रोनाल्डोको पेनाल्टी प्रहारलाई किएभोका गोलरक्षक स्टेफनो सोरेन्टिनोले विफल पारिदिएका थिए । डिबक्सभित्र किएभोका खेलाडीले ह्यान्ड गरेपछि युभेन्टसले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि ८२ औं मिनेटमा डानीएले रुगानीले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

जितसँगै युभेन्टसले दोस्रो स्थानमा रहेको नापोलीसँगको अग्रता नौँ अंकले बढाएको छ । युभेन्टसको २० खेलबाट ५६ अंक छ । नापोलीले समान खेलबाट ४७ अंक छ । तेस्रो स्थानमा रहेको इन्टरको ४० अंक छ । युभेन्टससँग हारेको चिएभो आठ अंकसहित तालिकाको अन्तिममा छ । अर्को खेलमा चौथोँ स्थानमा रहेको मिलानले जेनोआलाई २–० गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप