बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ७  गते : ५ नम्बर प्रदेश हेडलाइन, कहाँ के भए ?

सोमबार, ०७ माघ २०७५, २० : ३०
सोमबार, ०७ माघ २०७५

प्रदेशमा ५ मा ४० प्रतिशत जनशक्ति स्वास्थ्य क्षेत्रमा अभाव

सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश नम्बर ५ मा ४० प्रतिशत जनशक्ति अभाव रहेको प्रदेश सभालाई जानकारी गराएका छन् ।

उनले चिकित्सकहरु अध्ययन विदा र लामो समयसम्म असाधारण बिदा लिएका कारण कर्मचारी अभाव भएको बताए ।  

आज बसेको प्रदेशसभा बैठक बोल्दै मन्त्री बरालले प्रदेश सरकारले करारमा कर्मचारी नियुक्त गर्ने अधिकार अनुसार कर्मचारीहरु परिपूर्ति गर्ने क्रममा हरको भन्दै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका २६ जना नर्सहरुको नियुक्त गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए  ।

प्रदेशसभा बैठक जम्मा ३१ मिनेट

प्रदेश सभा तेस्रो अधिवशेनको ११औं बैठक आज जम्मा ३१ मिनेट बसेको छ ।  आजको बैठकमा बिषेश समयको कार्यसूची हटाएको थियो । प्रदेशसभामा सभामुखको तजबीचको अधिकार अनुसार बिषेश समयको कार्यसूची हटाउन मिल्ने प्रावधान छ ।

आजको बैठकमा एक हप्तासम्म सभासदहरुले उठाएको बिषयको जवाफ आफ्नो मन्त्रालय अन्र्तगत सामजिक विकासमन्त्री सुर्दशन बरालले  दिएका थिए । 

बुटवल उपमहानगरपालिकाले यस्तो ४६ कानून बनायो

स्थानीय तहले कानुन निमार्ण प्रक्रिया त्रिवता दिए रहेको बेला  ५ नम्बर प्रदेशको अस्थाई राजधानी बुटवल उपमहानगरपालिले यस्ता कानुन बनाएको छ ।

बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा बजार अनुगमन र न्याय निरुपणका कामहरुलाई थप व्यवस्थित बनाउँदै विभिन्न महत्वका ४६ वटा कानुनहरु बनाएको हो ।

नगरसभा र नगर कार्यपालिकाहरुबाट विभिन्न समयमा तयार भएका यी कानुनहरु प्रदेश र संघीय सरकारमा पनि पठाइएको छ भने यहाँ राजपत्रमा प्रकाशित भइसकेका छन् ।

उपमहानगरपालिकाको आवधिक र दीर्घकालिन तथा बहुवर्षे योजनाहरुसमेत छनौट गर्दै तिनको कार्यन्वयनका लागि विभिन्न कार्यविधिहरु बनाइएको छ । 

सबै वडाहरुमा छलफल र सुझाव संकलन गर्दै उपमहानगरको एकीकृत शहरी विकास योजना (आइयूडीपी) २०७५ समेत तयार पारिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।  
नगरकार्यपालिका, विषयगत समितिहरु हुँदै नगरसभामा पेश गर्दै व्यापक छलफल पश्चात यी कानुनहरु बनाइएको जानकारी दिए ।  

नगरसभाबाट ऐन, आचारसंहिता, कार्यविधि, निर्देशिका तथा नियमावलीहरु पारित गर्नुअघि विषयगत समितिहरुमै विज्ञहरुँंग समेत परामर्श लिइएको प्रमुख सुवेदीको भनाइ छ ।

एक घर दुई चुलोः बुहारीलाई ग्याँस, सासुलाई अगेनो

वन–जंगलमा सुकेका काठहरु सडेर गएका छन् । तर ग्रामिण भेगमा समेत सिमित केहि विपन्न परिवार बाहेक ७५ प्रतिशत घर धुरीमा ग्याँस चुलो प्रयोग गर्न थालेका छन । 

पुरानो पिँढीलाई अगेनो प्यरो लागेको पाइयो, बुहारीलाई भने अनिवार्य ग्याँस चुलो नभई नहुने बुझियो ।  गुल्मीका स्थानिय तहहरुमध्ये मालिका गाउँपालिका अरुभन्दा विकट ग्रामिण क्षेत्रका रुपमा चिनिन्छ ।

त्यसै गाउँपालिकामा झण्डै ७५ प्रतिशत घर धुरीले ग्याँस चुलो प्रयोग गर्न थालेको सो गाउँपालिका वडा नम्वर ५ छापाहिलेका समाजसेवी चन्द्रबहादुर महतरा बताउँछन् । 

रोल्पामा मसाला खेतीको अभ्यास 

पहाडी जिल्ला रोल्पामा पनि व्यवसायीक रुपमा मसलाको बिरुवा लगाउन यहाँका स्थानीयले सुरु गरेका छन् ।

मसलाको रुखको प्लाई र बिजुलीको पोल बनाउनका लागि राम्रो मुल्यमा बिक्रि हुने भएपछि स्थानीयले व्यवसायीक रुपमा रोप्न थालेका हुन् ।

रोल्पा नगरपालिका ७ निम्रीकागण सिंह पुनले गत बैसाख १ लाख ७ हजार रुपैयाँ लगानी गरेर आफ्नो उत्पादन शिलबारीमा १ हजार मसलाका बिरुवा लगाएका छन् ।

पुन मात्रै होइन यो गाउँका करिव ३० घरले मसलाको बिरुवा अन्न उत्पादन हुने बारीमा लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप