मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हचुवाको भरमा विकास निर्माण नगरौँ : मुख्यमन्त्री गुरुङ

सोमबार, ०७ माघ २०७५, २० : २०
सोमबार, ०७ माघ २०७५

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका काम अघि बढाउँदा हचुवा र लहडको भरमा नगर्न आग्रह गरेका छन् । 

कास्कीको माछापुच्छे गाउँपालिकाको चौथो गाउँसभामा आज उनले भने, ‘अबको विकास संरचना एक पटक बनाएपछि कम्तीमा ५०÷१०० वर्ष चल्ने बनाउनु आवश्यक छ ।’

मुख्यमन्त्री गुरुङले नीति, आवधिक योजना र गुरुयोजना बनाएर मात्र बजेट विनियोजन गर्नु आवश्यक रहेकामा जोड दिए । गाउँपालिकाले आफ्ना नीति कार्यक्रम तर्जुमा गर्दा गाउँमा कति साक्षर छन्, कति जनसङ्ख्या छ, उत्पादनको अवस्था आदिको वास्तविक स्थितिका आधारमा गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । 

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले काम शुरु गरेको दुई वर्ष र प्रदेश सरकार स्थापनाको एक वर्षको समय व्यतित भइसक्दासमेत कर्मचारी, स्रोतसाधन र अधिकारको बाँडफाँड व्यवस्थापन नहुँदा प्रदेश र स्थानीय सरकार मारमा परेको भनाइ उनको थियो । 

मुख्यमन्त्री गुरुङले भने, ‘नयाँ व्यवस्थामा रहेको सङ्घीय प्रणाली सफल भए सत्तापक्ष मात्र होइन विपक्षी पनि सफल हुन्छन् । यो व्यवस्था असफल भए लोकतन्त्र असफल हुन्छ । त्यसैले सबैले संवेदनशील भएर काम गर्नु आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप