मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आर्मी शीर्ष स्थानमा

सोमबार, ०७ माघ २०७५, १९ : ३६
सोमबार, ०७ माघ २०७५

काठमाडौं– आर्मी क्लब १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रहन सफल भएको छ । आर्मीले अपराजित रहदै तीन खेलबाट ९ अंक जोडेको छ । सोमबार भएको खेलमा आर्मीले आयोजक ढोरपाटनलाई २५–३, २५–७, २५–४ को सोझो सेटमा हरायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ खेलकुद विकास समिति दाङले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब)लाई २५–९, २५–१८, २५–११ को सोझो सेटमा हरायो । अर्को खेलमा दाङ बलियो टिम एपीएफ क्लबसँग २५–२०, २५–११, २५–८ को सोझो सेटमा पराजित भयो ।

प्रतियोगितामा श्रीगाउँले चार खेलबाट नौ अंक बनाएको छ । एपीएफले तीन अंक बनाएको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले सेबलाई २५–१३, २५–१३, २५–९ को सोझो सेटमा हरायो । सेबले चार खेलबाट ६ अंक जोड्यो । पुलिसले तीन अंक बनाएको छ ।

प्रतियोगिताको विजेताले तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप