धनगढी स्टार्सलाई ग्लोबलको मुख्य प्रायोजन
काठमाडौं– रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन गरेको छ । घरेलु टोली धनगढी र कलेजबीच सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन संझौता भएको छ । सम्झौता पत्रमा टोलीका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइयो) खगेन्द्र ओझाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुख्य प्रायोजनवापत ग्लोबल कलेजले २० लाख रुपैयाँ र अन्य सहयोग गर्नेछ । सम्झौता पछि ग्लोबल कलेजका सिइयो खगेन्द्र जोशीले कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेको बताए । टोलीका मालिक कृष्ण वोहराले यसवर्ष आफूहरुले टोलीको स्वामित्व लिन पाएकोमा खुशी व्यक्त गर्दै ग्लोबल कलेजलाई धन्यवाद दिए । टोलीका कप्तान सोमपाल कामीले समेत मुख्य प्रायोजक ग्लोबल कलेजलाई धन्यवाद दिए ।
माघ २६ बाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा धनगढीसँगै, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहनेछ । यसअघि भएका दुई संस्करणको उपाधि घरेलु टोली टिम चौराह धनगढीले जितेको थियो । तर यस संस्करणबाट भने टोलीको नाम र स्वामित्व परिवर्तन हुँदै धनगढी स्टार्स भएको छ ।
धनगढी स्टार्सका खेलाडीहरुमा सोमपालसँगै पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, धिरज शाही, कृष्ण ऐर र सन्दीप रिजाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै