मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दिगो आम्दानीको स्रोत सुरक्षित गर्न एनसेलले दियो अवसर

सोमबार, ०७ माघ २०७५, १९ : ०६
सोमबार, ०७ माघ २०७५

काठमाडौं । एनसेलले बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग सम्झौता गरेको छ । एनसेलले ४ सय भन्दा बढी महिलाहरुलाई आफ्नो रिचार्ज कार्डको खुद्रा बिक्रेता बन्ने अवसर प्रदान गर्न सो सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

एनसेलका चिफ कमर्सियल अफिसर एण्डी चोङ्गले भने, ‘ग्रामीण पहुँच कार्यक्रमसँगै साझेदारी गरी प्रदेश ६ र ७ का ग्रामीण भेगका महिलाहरुलाई आय आर्जनको अवसर प्रदान गर्न पाउँदा हामी निकै खुसी छौं । स्थानीय समुदायको लागि दिगो व्यवसायको अवसरहरु सिर्जना गर्ने हाम्रो प्रतिबद्धता अनुसार यो साझेदारी भएको छ ।’

यस सम्झौताले ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग आबद्ध भएका ४ सय उद्यमी महिलाहरुलाई फाइदा पुग्ने जनाएको छ । यी महिलाहरुले एनसेल कम्पनीको खुद्रा बिक्री प्रतिनिधि भएर रिचार्ज कार्ड बेच्नुपर्ने हुन्छ । 
यो कार्यले महिलाहरुलाई दिगो आम्दानीको स्रोत सुरक्षित गर्न मद्दत गर्नुका साथै उनीहरुलाई आफ्नो व्यवसाय बढाउँदै भविष्यमा ई–चार्ज र सिम कार्ड बेच्न सक्षम बनाउने आशा एनसेलले राखेको छ । 

यस समझदारीसँगै प्रदेश ६ र ७ का ग्रामीण महिलाहरुलाई सशक्तिकरण गरी आत्मनिर्भर बनाउन ग्रामीण पहुँच कार्यक्रम कनेक्ट, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल लिमिटेड र प्रभु बैंक लिमिटेडबीच कायम रहेको साझेदारीमा एनसेल पनि सामेल भएको छ । 

युनिलिभर नेपाल लिमिटेडले ग्रामीण स्तरमा आफ्ना उत्पादनहरु सिधै उपभोक्तालाई बिक्री गर्नको लागि सिर्जना गरेको सञ्जाल ‘हाम्री दिदी’ मार्फत काम गरेको हो  । जसले स्थानीय र आयस्तर न्यून भएका महिलाहरुलाई सहभागि गराई उद्यमी बनाउँदछ र स्थानीय स्तरमा सकारात्मक परिवर्तन गर्न मद्दत गर्दछ । 

एकल महिला धनाले सक्रिय रुपमा ‘हाम्री दिदी’ मार्फत व्यवसाय चलाउँदै आएकी छन् । उनले व्यवसायबाट आएको फाइदाले आफ्नो र बच्चाको पढाईमा खर्च गरेकी छिन् र अहिले उनी स्नातक तहमा अध्ययन गर्दै छिन् । 

बोटलर्स नेपाल लिमिटेडले पनि यसै वर्ष ‘हाम्री दिदी’ कार्यक्रममा सामेल भई आफ्नो सामान सक्रिय महिला उद्यमीहरुको सञ्जालबाट बेच्न सुरु गरेको छ । प्रभु बैंक लिमिटेडले उत्कृष्ट ‘हाम्री दिदी’हरुलाई व्यवसाय वृद्विका लागि ऋण प्रदान गरी सहयोग पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप