शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रवी लामिछानेले कसे निकिता पौडेलसँग लगनगाँठो

सोमबार, ०७ माघ २०७५, १६ : ३३
सोमबार, ०७ माघ २०७५

काठमाडौं– टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् । 

केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यसअघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेकाे थियो । 

काठमाडौं जिल्ला अदालतमा  सोमबार विहे दर्ता गराएपछि रवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘व्यक्तिगत  जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छाैं । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो।’

उनले परम्परागत रुपमा आफूहरुले आउँदो बैशाखमा बिवाह गर्ने पनि बताएका छन् ।  उनले बिबाहको निर्णयबाट दुबैजना खुशी रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप