शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा विमान बिक्री गर्ने

सोमबार, ०७ माघ २०७५, १५ : ३२
सोमबार, ०७ माघ २०७५

पेरिस– विमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए ३२० नियो सिरिजका ६५ वटा विमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ । उक्त विमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ । 

डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो । ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो विमान खरिदबिक्री र लिजमा विमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो । 

गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको थियो । 

विश्वका दुई ठूला विमान कम्पनीहरु एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ । सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा बिमान बिक्री गरेको थियो । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप