दाहाल नेतृत्वको माओवादी कम्युनिष्ट केन्द्र फोरममा विलय
काठमाडौं– संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) विलय भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुुन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्यामा रहेका नेता कार्यकर्ता फोरम नेपालमा आवद्ध भएका छन् । फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नरहेको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको उनले बताए । आजदेखि औपचारिक रुपमा फोरम नेपालसँग जोडिएका दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिए ।
केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु