ग्लोबल आईएमई बैंकका सिईओ पौडेलले दिए राजीनामा
काठमाडौं– ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् ।
१४ महिना अघिमात्र प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका पौडेलले समय अगावै राजीनामा दिएका हुन् । स्रोतका अनुसार सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका हुन् ।
सहायक महाप्रबन्धकको रुपमा ग्लोबल आईएमई बैंक प्रवेश गरेका पौडेल सहायक महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । ३ वर्ष कार्यकाल बाँकी छदै पौडेलले राजीनामा दिएका छन् ।
सन् १९८७ मा असिस्टेन्ट लेभलबाट बैंकिङ्ग करियर सुरु गरेका पौडेलले नबिल बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक हुँदै लण्डनमा अध्ययनसँगै त्यहीको बैंकमा पनि काम गरेका थिए । तत् पश्चात ग्लोबल आईएमई बैंकमा पौडेलले काम सुरु गरेका थिए ।
ग्लोबल आईएमई बैंकमा शर्माभन्दा अघिका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पनि आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने