शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार गणेश मुनालको निधन

सोमबार, ०७ माघ २०७५, १३ : २२
सोमबार, ०७ माघ २०७५

काठमाडौं– वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो । सशक्त अभिनय र वजनदार आवाजका कारण ख्याति कमाएका मुनालको निधनको कारण भने अहिले खुलाइएको छैन । 

लामो समयदेखि अस्वस्थ मुनालको निधन भएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पुष्टी गरेकी छन् । काठमाडौं महाङ्कालका निवासी मुनालले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् ।  अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । केही बेरमा नै अन्तिम संस्कार गरिने दिपाश्रीले जानकारी दिइन् ।

‘लभ लभ लभ’, ’एक पल’, ’शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायत  थुप्रै नेपाली चलचित्र, साना पर्र्दाका चलचित्र र केही विज्ञापन चलचित्रमा समेत अभिनय गरेका मुनाल अभिनित फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ । 

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनको शवलाई अन्तिम श्रदाञ्जली दिन पशुपति आर्यघाटमा चलचित्रकर्मी पुग्ने क्रम जारी छ । स्वर्गीय मुनालका एक छोरा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप