शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल, वैज्ञानिकले पत्ता लगाए

सोमबार, ०७ माघ २०७५, १२ : ४२
सोमबार, ०७ माघ २०७५

माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित छैनन्, उनीहरुको तौल ९ किलोसम्म बढेको पाइयो ।  यसका साथै, जो महिला प्रेममा थिए तर पार्टनरसँगै बसिरहेका थिएनन्, उनीहरुको तौल पाँच किलोसम्म बढेको भेटियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Sempre più noi💘🐷 #fatcouple #babe #loveu

A post shared by Martina Volpe (@martinavolpe__) on

उक्त अनुसन्धानले ‘सिंगलबाट मिंगल’ भएपछि पुरुषको पनि तौल बढ्ने निष्कर्ष निकालेको छ । जो पुरुष आफ्नी पार्टनरसँग दुई वर्षभन्दा बढी सँगै बसे उनीहरुको तौल ११ किलोसम्म बढेको पाइयो ।

उक्त अनुसन्धानले रोमान्टिक सम्बन्ध र बढ्दो तौल एक–आपसमा सम्बन्धित हुने निष्कर्ष निकालेको छ । साथै, लामो सम्बन्धमा भएकाहरुले स्वस्थ जीवनशैली अपनाउनका लागि धुम्रपान र मद्यपानको लतलाई बिस्तारै त्यागेको पनि पत्ता लाग्यो ।

नवविवाहित जोडीः
नेशनल इन्स्टिच्युट अफ हेल्थले नवविवाहित जोडीको बढ्दो तौल उनीहरुको खुसीको सकारात्मक प्रतिबिम्ब हो कि नकारात्मक हो भनेर पुनः अनुसन्धान गर्यो । उक्त अनुसन्धानले विवाहको चार वर्ष पुगेका जोडीलाई पछ्याउँदै उनीहरुको भावनात्मक र तनावको स्तर बारे पनि बुझ्न खोज्यो । यसमा विवाह गरेर खुसी नभएका जोडीभन्दा विवाहमा सन्तुष्ट र खुसी भएका नवविवाहित जोडीको तौलमा दोब्बर वृद्धि भएको पत्ता लाग्यो ।

उक्त अनुसन्धानले भनेको छ, ‘विवाहमा खुसी भएका जोडीको तौल बढ्छ किनभने उनीहरु अर्को व्यक्तिलाई आकर्षित गर्ने प्रयासमा हुँदैनन् र आफू जस्तो छन् त्यसैमा खुसी हुन्छन् ।’ साथै, सम्बन्धमा खुसी नहुने जोडीको तनावका कारण तौल बढ्न सकिरहेको हुँदैन । यद्यपी, तौल बढिरहेका जोडीले आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै आफ्नो बडीमासइन्डेक्सबारे पनि सोच्नुपर्छ ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनले तौल बढ्ने प्रक्रिया सरुवा भएको बताएको छ । यदि श्रीमान्–श्रीमतीबीच एकको तौल बढिरहेको छ भने उनको पार्टनरको तौल बढ्ने सम्भावना ३७ प्रतिशतले वृद्धि हुन्छ किनभने उनीहरुले एक–अर्काको खाने बानी अनुशरण गर्छन् । धेरै समयसम्म सँगै बस्ने भएकाले उनीहरुको एक–अर्काको बानी सिको गर्छन् । साथै, सम्बन्धमा खुसी नहुनेहरु एक–अर्कासँग धेरै समय नबिताउने भएकाले एक–अर्काको खाने बानी पछ्याउन असम्भव झैं हुन्छ ।

शोधमा संलग्न अनुसन्धानकर्ताले जोडीको वरिपरिको वातावरण, उनीहरुको बानी र आपसी गतिविधीलाई नियाले जसमार्फत् जोडीको खाना खाने बानीले मनोवैज्ञानिक तरिकाले प्रभावित गरेको पाइयो ।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो अनुसन्धान स्वास्थ्य क्षेत्रका विज्ञले गरेता पनि यो संसारका केही भागको मात्रै  उदाहरण हो । यहाँ संसारभरी नै यस्तो हुन्छ भनेर ठोकुवा गर्न खोजिएको होइन । त्यसकारण सबैमा यस्तै हुन्छ भन्ने पनि छैन । अपवाद भन्ने कुरा जहाँ पनि हुन्छ त्यसैले यदि तपाईंको विवाहपछि तौल बढिरहेको छैन भने तपाईं आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ भन्न खोजिएको पनि होइन । यो अनुसन्धान जोडीको जीवनशैलीबारे थाहा पाउन र मोटोपनाबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर गरिएको हो ।

जोडीले स्वस्थ खानपिन र जीवनशैलीमार्फत सकारात्मक तरिकाले एक अर्कालाई प्रभावित गर्नुपर्छ । आफ्नो पार्टनरको तौल जस्तोसुकै होस् जोडीले जीवनभरी एक–अर्काको साथमा रमाउन जान्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप