मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जब अमिताभले ७ दिनसम्म मुख धोएनन् ...

सोमबार, ०७ माघ २०७५, १२ : ०२
सोमबार, ०७ माघ २०७५

बीबीसी – बलिउडका सबैभन्दा पुराना ‘मेकअप आर्टिस्ट’ हुन् पंन्ढरी जुकर । उनले आफ्नो जीवनको ६० वर्ष बलिउड उद्योगमा बिताएका छन् । फिल्मका कलाकारलाई मेकअप गर्दागर्दै तीन दशक विताएका जुकर अहिले ८७ वर्षका भए । करियरको सुरुवातीमा निर्माता, निर्देशक र अभिनेता भी शान्तारामको समेत मेकअप गरेका थिए । 

उनी नरगिसको सिफारिसमा सन् १९४८ मा उनी मेकअपमा काम गर्न थालेका थिए । उनले मेकअपिस्ट बाबा वर्धनसँग सामान्य तालिम लिएर काम सुरु गरेका जुकरले मेकअप आर्टिस्टमा डिप्लोमा सम्मको अध्ययन गरेका छन् । 

‘झनक झनक पाल बाजे’, ‘चित्रलेखा’, ‘ताजमहल’, ‘नूर जहाँ’, ‘नील कमल’, ‘काला पत्थर’, ‘शोले’, ‘नागिन मिस्टर इन्डिया’, ‘दिल वाले दुल्हनियाँ ले जाएँगे’ जस्ता ५०० भन्दा धेरै फिल्मका कलाकारलाई मेकअपमार्फत चरित्रमा उतार्न सफल उनले धेरै कलाकारलाई सिंगारेका छन् ।

कयौँ सम्मान र पुरस्कारबाट सम्मानित जुकरले बीबीसी हिन्दीसँगको कुराकानीमा भनेका छन्, ‘मेरो मेकअप आर्टिष्ट बन्ने उद्देश्य थिएन किनकी मलाई यो क्षेत्र मन पर्दैन थियो । मेरो बुबालाई पनि धेरैले यो क्षत्रे ठिक छैन भनेका थिए । तर परिवारको आर्थिक अवस्था निकै नाजुक भएकाले मेकअप आर्टिष्ट बाबा वर्धन जो मेरो छिमेकी पनि थिए उनले उनीसँगै काम गर्न सुझाव दिए ।’

उनले अगाडि भनेका छन्,‘ राजकमल स्टुडियोबाट निर्माण हुने हरेक फिल्मका कलाकारको मेकअप गर्न सुरु गरेँ । उक्त कामको लागि मलाई ७० रुपियाँ दिइन्थ्यो । मेरो काम देखेर नरगिस प्रभावित भए र उनले मलाई फिल्म ‘प्रदेश’मा काम गर्नको लागि रुस जाने अवसर प्रदान गरे । र, त्यहीँ मैले मेकअपमा डिप्लोमा हासिल गरे ।’

उनले आफ्ना जीवनका आरोहअवरोहका बारेमा सुनाउँदै गर्दा बलिउड सुपरस्टार अमिताभ बच्चनसँग काम गरेका क्षणलाई पनि याद गरे । उनले विगत सम्झदै भने, ‘मैले ३६५ दिन नै मेकअप गर्नुपर्थ्यो । हरेक कलाकार मैले नै मेकअप गरोस् भन्ने चाहान्थे । त्यसैले उनीहरु घण्टौंसम्म पालो कुरेर बस्थे ।’ उनले अमिताभ बच्चनलाई सम्झिँदै भने, ‘अमिताभ बच्चनको पहिलो फिल्मको शुटिङ गोवामा भइरहेको थियाृे । त्यस फिल्मका सबै कलाकारको मेकअप मैले गरिरहेको थिए । मैले अमिताभको पनि मेकअप गरिदिए र उनलाई नक्कली दारी लगाइदिए । तर अचानक जरुरी कामको लागि ७ दिनको लागि आफ्नो घर मुम्बई जानुपर्यो । ’
जुकर बताउँछन्,‘ त्यसपछि मैले अमिताभलाई सोधें अव तिमी के गर्छौ ? म अव गोवामा हुँदिन । अमिताभले ६ दिनसम्म मेकअप सम्हालेर राख्ने बताए । अमिताभले अनुहार भन्दा तल पानी हालेर नुहाए तर मेकअप विगारेका रहेनछन् । उनले लगातार ६ दिनसम्म मुख नधोई सुटिङ गरेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप