शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान् नेकपा प्रवेश गर्दा श्रीमती लगायतको यस्तो विज्ञप्ती

आइतबार, ०६ माघ २०७५, २३ : ५५
आइतबार, ०६ माघ २०७५

अजब काशी, गज्जब नेपाल ! त्यसै बनेको होइन नेपालीको यो उखान । त्यस्तै एउटा गज्जबको घटना भएको छ, नेपालकै चितवनमा ।

भयो के भने, चितवन माडी न.पा. ५ निवासी तिर्थराज भुसाल माघ ५ गते नेकपा प्रवेश गरे । उनको यो प्रवेशले स्थानीय राजनीतिमा तरंग ल्यायो । तरंग ल्याउनुको कारण चाहिँ उनी नेपाली कांग्रेस चितवनका पूर्व का.वा. सभापति तथा पूर्व सांसद हुनु पनि थियो । त्यसमाथि थप, उनका पूरै परिवार कटिबद्ध कांग्रेसीजन हुन् । अझ भुसालका पिता स्व. आनन्द भुसाल स्वयं पनि पर्वत जिल्लामा नेपाली कांग्रेसका संस्थापक, २०१७ सालपछि वि.पि.को निर्देशनमा पञ्चायतविरोधी क्रियाकलापमा सक्रियतापूर्वक सहभागी भए वापत टाउकोको मोल नै तोकिएका आदर्श व्यक्ति हुन् ।

रमाइलो कुरा त के छ भने, उनको यो नेकपा प्रवेशबारे परिवारकै सदस्यजनहरुलाई सुँइको पत्तो थिएन । जब उनको दल बदलीको खबर पत्रपत्रिकामा आए, अनि मात्रै उनीहरुले यो कुरा थाहा पाए । गज्जब चाहिँ के रह्यो भने, त्यो खबरबाट चित्त नबुझाएर भुसालकी श्रीमती शर्मादेवी भुसाल लगायत उनका भाइ, दुई छोरा, एक दिदी, दुई भतिज, चार नाति र १ भान्जीले समेत संयुक्त प्रेस विज्ञप्ती निकालेर दुःख प्रकट गरेका छन् । विज्ञप्तीमा उनीहरुले तीथराज भुसाललाई ‘आवेशमा गरिएको गलत निर्णय तत्काल सच्चाई नेपाली कांग्रेस पार्टीमा फर्किन अनुरोध’ समेत गरेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्ती यस्तो छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप