मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली क्रिकेट टोलीको घोषणा : शरद भेषवाकर परेनन्, को–को परे ?

आइतबार, ०६ माघ २०७५, १९ : ४५
आइतबार, ०६ माघ २०७५

काठमाडौं । माघ ११ देखि २० सम्म संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० क्रिकेट सिरिजका लागि आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा तीनजना वैकल्पिकसहित १६ सदसीय खेलाडी टोलीको घोषणा  गरिएको हो । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले खेलाडीको घोषणा गरेको हो ।  प्रारम्भिक चरणमा रहेका २० खेलाडीबाट १६ खेलाडी छनोट गरिएको हो ।

चार युवा खेलाडीले सिनियर टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले स्थान बनाएका हुन् । यसअघिका नियमित सदस्य शरद भेषवाकर टोलीमा छैनन् । शरदले अस्वस्थका कारण नाम फिर्ता लिएका हुन् ।  

ललित भण्डारी, बिक्रम सोब र सुशन भारी वैकल्पिक सुचीमा परेका छन् । सन्दीप लामिछाने  बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर सोमबार नेपाल आइपुग्ने छन् । नेपाली टोली मंगलबार युएइतर्फ प्रस्थान गर्नेछ ।  

नेपालले युएईसँग तीन एकदिवसीय र तीन खेल टी–२० खेल्न्ेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ ।  भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

नेपाली टोलीका खेलाडी , को–को परे ?

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

अविनाश बोहरा

बसन्त रेग्मी

भिम सार्की

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

आरिफ शेख

पवन सर्राफ

प्रदीप ऐरी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

सोमपाल कामी

सन्दीप जोरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप