शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा गोयन्का इलेक्ट्रोनिक्सको तीन वर्ष, गुणस्तरमा सम्झौता नगर्ने

आइतबार, ०६ माघ २०७५, १९ : २०
आइतबार, ०६ माघ २०७५

काठमाडौं– गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्स व्यवसाय सुरु गरेको तीन वर्ष पुरा भएको छ ।

तीन वर्ष अघिबाट गोयन्का इलेक्ट्रोनिक्सले विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु बजारमा ल्याएको थियो । जसमा बिभिन्न सूर्या, सेलो र लेक्सका साथै आफ्नै गोयन्का ब्रान्डका सामाग्रीहरु ल्याएको थियो । 

बिगतमा जस्तै आउने आर्थिक बर्षमा पनि शतप्रतिशत बजार वृद्धि गरि १०० करोड बराबरको व्यापार गर्ने योजना गोयन्काले बनाएको छ । हालको अवस्थामा २०० सक्रिय डिलरहरुको साथमा काम गरिरहेको छ । २०७७ सम्ममा गोयन्का इलेक्ट्रोनिक्सले २५० देखि ३०० सक्रिय डिलरहरुसँग सहकार्य गर्ने योजना बनाएको छ ।

गोयन्का इलेक्ट्रोनिक्सको मुख्य लक्ष्य उपभोक्तालाई गुणस्तरीय समान उचित मूल्य र समयमा सेवा दिनु भएको कम्पनीले जनाएको छ । ग्राहकलाई समयमा नै सेवा प्रधान गर्नको लागि काठमाण्डौ, पोखरा, नारायणघाट , बिराटनगर हरुमा सर्विस सेन्टर थप गर्ने योजना बनएको छ ।

गोयन्का इलेक्ट्रोनिक्सले अबको पाँच वर्षमा नेपालको कुल इलेक्ट्रोनिक्स बजारको १५ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने लक्ष्य राखेको छ । नेपालीको क्रय क्षमता उचित मूल्य, उच्च गुणस्तर र ग्राहकको रोजाइमा पर्ने आकर्षक र टिकाउ हुने सामानहरु ल्याउने लक्ष्य गोयन्काको छ । 

गोयन्का इलेक्ट्रोनिक्सले फ्रिज, टेलिभिजन, दिप फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसन, मीक्स्चर ग्रान्डर, पंखा, ग्यास चुला, राइस कुकर, ग्यास वाटर हिटर लगायतका सामानहरु बजारमा ल्याएको छ र आउँदो दिनहरुमा अन्य इलेक्ट्रोनिक्स सामग्रीहरु पनि बजारमा ल्याउने लक्ष्य राखेको छ ।

गोयन्का इलेक्ट्रोनिक्सले सुर्य ब्रान्ड इण्डियासँग सहकार्य गरेर सुर्य ब्रान्डका आइरन,मीक्स्चर ग्रान्डर, पंखा, ग्यास चुला, हिटर, इलेक्ट्रिक गिजर आदि त्यस्तै सेलो ब्रान्ड इण्डियाको सहकार्यमा सेलो एयर कुलर, लेक्स ब्रान्डको एयर कन्डिसन बजारमा ल्याएको छ ।

हालसालै गोयन्काले सबैको रोजाइमा परेको तर नेपालमा पहिलो पटक युरोपेली ब्रान्ड भेस्टलसँग सहकार्य गरि विभिन्न इलेक्ट्रोनिक्स सामानहरु जस्तै फ्रिज, टेलिभिजन, दिप फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसन आदि बजारमा चाडैं नै ल्याइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप