बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘हट एण्ड ब्यूटी’ सारा (हेर्नुहोस् १२ तस्बिरमा)

आइतबार, ०६ माघ २०७५, १८ : ५५
आइतबार, ०६ माघ २०७५

मुम्बई – बलिउका चर्चित अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अलि खानले फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यु गरेकी हुन् ।

‘केदारनाथ’पछि उनको अर्काे फिल्म ‘सिम्बा’ पनि हालै रिलिज भएको छ । रोहित शेट्टी र करण जौहरको निर्देशनमा बनेको यो फिल्मले दर्शकको मन जित्दै राम्रो व्यवसाय गर्न सफल भएको छ । 

फिल्ममा उनी रणवीर सिंहको जोडीको रुपमा मुख्य भूमिकामा देखिएकी छन् । यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै समेत अगाडि बढिरहेको छ । 

फिल्मले मात्र हैन साराले पनि दर्शकको प्रशंसा पाइरहेकी छन् । उनको सौन्दर्यको चर्चा चारैतिर हुन थालेको छ ।

फिल्म अभिनय साराको सानैदेखिको सपना थियो । उनी बुबा र आमा जस्तै बलिउडमा चिनिन चाहन्थिन् । तर त्यसका लागि उनले निकै मिहिनेत पनि गर्नुपर्यो । उनी पहिले मोटी थिइन् । अभिनयकै लागि उनले आफ्नो शरिर मेन्टन समेत गरिन् ।

आज हामी साराका केही पुराना तस्बिर प्रस्तुत गर्दैछौं । जुन तस्बिरमा सारा निकै ‘हट एण्ड ब्यूटी’ समेत देखिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप