शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी बैंकका ग्राहकलाई नर्भिक इन्टरनेशनल अस्पतालमा विशेष छुट

आइतबार, ०६ माघ २०७५, १८ : ३०
आइतबार, ०६ माघ २०७५

काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फवाट  कार्यकारी सञ्चालक  राजेन्द्र बहादुर सिंहले  हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । 

बैंकका ग्राहकहरुले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा विशेष छुट पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप