बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घनश्याम भुषालको प्रश्न : ‘दुई तिहाई कसको – दलाल पूँजीवाद कि समाजवादको ?’

‘यही तरिकाले नेकपाले समाजवाद ल्याउन सक्दैन’
आइतबार, ०६ माघ २०७५, १७ : ३९
आइतबार, ०६ माघ २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुषालले अहिलेकै पाराले नेकपाले समाजवाद ल्याउन नसक्ने दावी गरेका छन् । 

आइतबार काठमाडौँमा भएको ‘समकालीन नेपालमा समाजवाद’ विषयक कार्यक्रममा नेता भुषालले सबै पार्टीले आफुलाई समाजवादी भनेपनि समाजवादको चरण नै सुरु नभएको बताउँदै व्यङ्ग्यात्मक शैलीमा भने, ‘निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी समाजवादी नै देखिन्छन् । सबै समाजवादी भएकाले समाजवादको चरण नै सकिने होकी भन्ने दुःख लागेको छ ।’

नेता भुषालले समाजवादबारे नेकपामै छलफल हुन जरुरी रहेको भन्दै आफ्नो कार्यभार सपष्ट पर्न जरुरी रहेको बताए । ‘दुई तिहाई कसको हो ? दलाल पूँजीवादको हो कि समाजवादको ?,’ उनले प्रश्न गरे ।

यही तरिकाले नेकपाले समाजवाद ल्याउनै नसक्ने ठोकुवा गर्दै उनले समाजवाद ल्याउनका लागि अहिले भइरहेका प्रयास आशालाग्दो नभएको जिकिर गरे । 

‘समाजवाद ल्याउन अहिलेको प्रयास पर्याप्त छैन । हालसम्म प्राप्त उपलब्धिले मात्र  समाजवादको ग्यारेन्टी गर्न सक्दैन,’ उनको भनाई थियो । 

भुषालले अबको राजनीति कृषि क्षेत्रउन्मुख हुनुपर्ने पनि बताए ।

उनले श्रमलाई ध्यान नदिई रेल र पानी जहाजलाई ध्यान दिएको भन्दै आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीप्रति कटाक्ष गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप