शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालको बेडबाट डा. केसीले भने, ‘प्रधानमन्त्री ओलीले बेइमानी गरे’

आइतबार, ०६ माघ २०७५, १७ : २५
आइतबार, ०६ माघ २०७५

काठमाडौँ । विगत ३ दिनदेखि आइसियूमा उपचारत डा. गोविन्द केसीलाई वार्डमा सारिएको छ । वार्डमा सारिएपछि मिडियासँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरंस पुरा नभएसम्म अनसन न तोड्ने बताए । 

प्रधानमन्त्री केपी ओली र डा. केसी पक्ष सहमति भएपनि प्रधानमन्त्रीले कार्यान्वयनमा चासो नदिएको भन्दै उनले प्रधानमन्त्रीलाई बेइमानको संज्ञा दिए । 

द्वन्द्वकालमा मानवताविरुद्ध जघन्य अपराध गर्नेलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सजाय हुनुपर्ने र त्यसको लागि आफू लडिरहने बताए । उनले भने, ‘मेरो माग जबसम्म पुरा हुँर्दैन तब सम्म सत्याग्रहजारी रहन्छ ।’ 

देशको सबै क्षेत्रको नागरिकलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि देशभर स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालन गर्नुपर्ने, विपन्न नागरिकले पनि योग्यताको आधारमा डाक्टर, नर्स अर्थात स्वास्थ्य सम्बन्धी अध्ययन गर्न पाउनुपर्छ भनेर बारम्बार लड्दा पनि कार्यान्वयन नहुँदा सोह्रौँ अनसन बस्न बाध्य भएको बताए ।  

‘सर्वसाधरणलाई समस्या नहोस्’ भन्दै आइसियूबाट वार्डमा सरे डा. केसी

नेकपाको सरकारसँग सम्झौता भएको मागहरु लत्याएर संसद, शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका साथ जनतामारा र विद्यार्थी मारा माफिया पोस्ने विधेयक पारित गरेको आरोप लगाए ।

सरकार समक्ष आक्रोश पोख्दै केसीले साम्यवादी सरकारले जनतालाई भ्रममा पार्ने कोशिस गरेको पनि आरोप लगाए । कुराकानीमा उनले भने, ‘हामीसँग भएको सम्झौता अक्षरंस पालना गर म अनसन तुरुन्तै तोड्छु । ’

सरकारी मेडिकल कलेज ३ वटा र नीजि मेडिकल कलेज १७ वटा भएको भन्दै उनले यो संसारमा काही पनि नभएको स्वास्थ्य क्षेत्रको काम नेपालमा भएको बताए । 

डेढ दर्जनजति नयाँ मेडिकल कलेज सञ्चालन हुँने अवस्थामा रहेको भन्दै सरकारले गरेको निणर्यले सबै नयाँ मेडिकल कलेजले सञ्चालन हुने उनले बताए ।

गाउँमा स्वास्थ्य सेवा नपाएर छटपटाउँने र सहरमा चिकित्सको सङ्ख्या धेरै हुँदा स्वास्थ्य सेवा निकै महङ्गो भएको उनको धारणा राखे । चुनावमा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भने पनि सत्तामा आएपछि बिर्सेको भन्दै लुटको कालो धन सेतो बनाउनको लागि जनातको पेटमा लात हानेको उनको भनाई थियो । 

सरकारले आफ्नो अभियानलाई भन्दा पनि ३ करोड नेपालीलाई धोका दिएको बताए ।

डा. गोविन्द केसीको १६ औं अनसनको १२ औं दिन (८ तस्बिरमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप