शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसीको १६ औं अनसनको १२ औं दिन (८ तस्बिरमा)

आइतबार, ०६ माघ २०७५, ०८ : ००
आइतबार, ०६ माघ २०७५

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको छ । 

यसअघि आइसियु कक्षमा राखेर उपचाररत केसीलाई आइतबारबाट सामान्य वार्डमा सारिएको छ । डा. केसीको माग अनुसार नै उनलाई वार्डमा सारिएको अस्पतालले जनाएको छ ।   

गत पुस २५ गते इलाममा एक नीजि घरमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था खराव भएपछि त्यसको केही दिनमा उनलाई इलाम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 

त्यहाँ केही दिन उपचार गरेपनि आइसीयूमा नै राख्नुपर्ने भएपछि उनलाई सरकारले हेलिकप्टरमार्फत शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याएर शिक्षण अस्पतालको आइसियुमा राखिएको थियो ।

दुई दिन आइसियुमा राखेपछि उनलाई आज आइतबार वार्डमा सारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप