शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतकी महारानीको श्रीमानले सिटबेल्ट नलगाएको तस्बिर बाहिरिएपछि प्रहरीमा बोलाएर केरकार

आइतबार, ०६ माघ २०७५, १६ : २३
आइतबार, ०६ माघ २०७५

बीबीसी । ब्रिटेनको नोरफोल्क प्रहरीले आफूहरुले ड्युक अफ एडीनवर्गलाई सिटबेल्ट नलगाएको विषयमा बोलाएर सोधपुछ गरेको बताएको छ । 

ड्युक अफ एडीनवर्ग ब्रिटेनकी महारानी एलिजावेथ द्वितियका श्रीमान राजकुमार फिलिपको पदावी हो । 

प्रहरीकी प्रवक्ताले आफूहरुले “गाडीका चालकलाई बोलाएर उपयुक्त सुझाव दिएको” बताइन् ।

फिलिपले सिटबेल्ट नलगाएको तस्विर जुन दिन भनिएको छ, सोही दिन उनको गाडीले एक सर्वसाधरणको गाडीलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा फिलिपको कारले ठक्कर दिएको गाडीमा दुई महिला र एक ९ महिने शिशु सवार थिए । कारलाई २८ वर्षे महिलाले चलाइरहेकी थिइन् । उनको घुडाँमा चोट लागेको छ भने कारमा सवार ४५ वर्षे एम्मा फेयरवेदरको हात भाँच्चिएको छ । शिशुको अवस्था भने सामान्य रहेको छ ।

राजकुमार फिलिपलाई पनि कुनै पनि चोटपटक लागेको छैन ।

एम्माले बेलायती पत्रिका ‘मिरर’ सँग कुरा गर्दै ड्यूकले आफूसँग माफी नमागेको बताइन् । 

तर राजदरवारकी एक प्रवक्ताले कार धनीलाई ‘शुभेच्छा’ व्यक्त गर्न सम्पर्कको प्रयास भइरहेको बताइन् ।

बिहीबार फिलिप चढेको ल्याण्ड–रोभर स्याण्ड्रीग्राममा दुर्घटना भएको थियो । त्यसको दुई दिनपछि ‘डेली मेल’ र ‘द सन’ ले ९७ वर्षीया फिलिपले सिटबेल्ट नलगाई एक्लै गाडी चलाइरहेको तस्बिर छापेका थिए । 

नोरफोक प्रहरीकी प्रवक्ताले प्रहरीलाई फोटोको बारेमा जानकारी रहेको र चालकसँग कुरा गरेको बताइन् । 

“यस्तो खालको कानुन उलंघन भएको तस्बिर बाहिरिँदा जे गर्नुपर्ने हो हामीहरुले त्यही गरेको छौं ,” उनले भनिन् । 

“म भाग्यले बाँचे तर उनले ‘सरी’ पनि भनेनन् ,” फेयरवेदरले मिररसँग कुरा गर्दै भनिन्, “यो बीच निक्कै दुःखद र पीडादायी समय रह्यो । शाही परिवारबाट म यो भन्दा बढी चाहन्थे ।” 

उनले शाही परिवारबाट कुनै खालको सम्पर्क नभएको बरु शाही परिवारसम्बद्ध एक प्रहरी अधिकृतबाट फोन आएको बताइन् । 

“अधिकृतले भनेको कुरा पनि अर्थ न वर्थको थियो । उसले फोनमा महारानी र ड्युक अफ एडीनवर्गले तपाईँको सम्झना गर्नुभएको छ भने” उनले भनिन् ।

“त्यो त न क्षमा मागेको भयो न त शुभेच्छा नै भयो,”

ब्रिटेनमा सिटबेल्ट नबान्नेलाई कस्तो छ कानून ?

- चालक र यात्रुले सिटबेल्ट बान्नै पर्छ । तथापी केही अवस्थामा छुट भने पाइन्छ्, जस्तो चालकले गाडि पछाडि फर्काइरहदाँ सिटबेल्ट नबान्दा पनि फरक पर्दैन ।

- सिटबेल्ट नलगाइएको चालकलाई प्रहरीले पक्रेमा ठाउँको ठाउँ १०० पाउण्ड(नेपाली लगभग १४,५००) जरिवाना तिराउँछ । 

- चालकहरुले सिटबेल्ट नलगाएको पाइएमा ‘पेनाल्टी प्याइन्ट’ पाउदैनन् ।

महारानी पनि सिटबेल्टबीना नै सवार

राजकुमार फिलिपको गाडी दुर्घटनामा परेको भोलिपल्ट महारानी एलिजावेथ द्वितिया पनि सिटबेल्टबीना नै गाडी चलाइरहेको फोटो बाहिरिएको छ । 

राजकुमार फिलिपले सिटबेल्ट नलगाई गाडी चलाएको तस्बिर छापेको डेली मेलले नै महारानीको पनि तस्विर छापिएको थियो । 

९२ वर्षीया ब्रिटिस महारानीले शुक्रबार त्यही स्थानमा चलाइरहेको देखिएकी थिइन्, जहाँ अघिल्लो दिन फिलिपले सर्वसाधरणको कारमा ठक्कर दिएका थिए ।  

एलिजावेथ द्वितिया लाइसेन्सबीना गाडी चलाउन पाउने एक मात्र ब्रिटिस हुन् । उनले द्तििय विश्वयुद्धको समयमा अनुदान पुर्याउने क्रममा गाडी चलाउन सिकेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप