शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ गाडी खरिद प्रकरण : उपसमिति संयोजक भन्छन् ‘गाडी खरिद नियतमाथि नै शङ्का’

आइतबार, ०६ माघ २०७५, १५ : ३३
आइतबार, ०६ माघ २०७५

बुटवल  । प्रदेश नम्बर ५ मा प्रदेशसभाका विभिन्न सभापाति र दलका नेताहरूका लागि खरिद गरिएका गाडीमा अनियमितता भएको विषयमा छानविन गर्न गठित छानविन उपसमितिले प्रतिवदेन बुझाएको छ । उपसमितिले प्रतिवेदन आइतबार बुझाएको हो ।   

पुस २७ गते बसेको सार्वजिक लेखा समितिले गाडी खरिदका क्रममा अनयिमितता भएको भन्दै छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिले गाडी खरिदका कागजातहरू अध्ययन गरी प्रतिवदेन तयार पारेको हो । 

छानविन उपसमितिका संयोजक कुलप्रसाद पोखरेलले सार्वजनिक खरिद ऐनअनुसार  नै गाडी खरिद भए पनि गाडी खरिद गर्नुको नियत गलत देखिएको बताए । उनले थप छानविनका लागि कानुनी, आर्थिक, प्राविधिक पक्ष बुझेका जानकारहरूसँग छलफल गर्नुपर्ने भएकाले सदस्य थप्नुपर्ने रायसहितको प्रतिवेदन समितिलाई बुझाएको बताए । प्रदेश ५ को लेखा समितिको बैठकले सदस्य थपको निर्णय गर्ने बताइएको छ ।

सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले उपसमितिले बुझाएको प्रतिवेदनमा थप अनुन्धान गर्न समय दिने र बाँकी काम लेखा समितिले गर्ने बताए । उनले उपसमितिले डकुमेन्ट सङ्कलन गर्ने, अनुसन्धान गर्ने र अन्त्यमा गाडी खरिदमा जोडिएका सरोकारवाला पक्षसँग सयुक्त रूपमा बयान लिने बताए । 

यसअघि  प्रदेशसभाले खरिद गरेका गाडीहरूमा  आर्थिक चलखेल भएको सबैभन्दा पहिला रातोपाटीले समाचार प्रकाशन गरेको थियो । समाचार आएपछि सभापति डिल्ली चौधरी र नेपाली काँग्रेस संसदीय दलका  नेता बलदेव शर्मा पोखरेल गाडी फिर्ता गरेका थिए । 

खरिद गरेका १३ वटा गाडीमध्ये ११ वटा गाडी टाटा स्ट्रोम थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप