शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निजी गाडी चढ्ने ‘चोर’ पनि छन्, तिनको जरो उखेलेर फाल्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल

आइतबार, ०६ माघ २०७५, १४ : ३९
आइतबार, ०६ माघ २०७५

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डागर्दीको प्रवृत्तिविरुद्ध लड्न जरुरी रहेको बताएका छन् । 

आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हातामा निर्मित ‘नागरीक सहायता कक्ष’ भवनको उद्घाटन गर्दै आईजिपी खनालले भने, ‘गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फाल्नुपर्छ ।’ 

उपत्यकामा सन्ड, मुसन्ड चोरहरु पनी रहेको उल्लेख गर्दै खनालले भने, ‘यहाँ गाडी चढेर हिँड्ने चोरहरु छन्, तिनीहरुको जरो उखेलेर फाल्नुपर्छ ।’  

गुण्डा र चोरको सञ्जाल तोड्न काठमाडौं प्रहरीलाई निर्देशन दिँदै खनालले भने, ‘यस्ता प्रवृत्ति निर्मुल पार्नुस, त्यो प्रहरीको काम हो ।’ 

‘चोर र गुण्डाको सञ्जाल ध्वस्त पार्दै गर्दा कसैको केही सहनुपर्दैन्’ उनले भने, ‘ईभिडेन्स बेसमा रहेर पहिले थुन्नुस् अनि बल्ल कुरा सुन्नुस् ।’ 

रोजगारी दिने नाममा छोरी–चेली बेचिने घटना, चोरी, पाकेटमारी जस्ता घट्ना निर्मुल पार्न मातहतलाई निर्देशन दिँदै खनालले भने, ‘लुकेर अपराध गर्नेहरुलाई समाजबाट निकाल्नुस्, तिनीहरुको दोहोलो काढ्नुस् ।’ 

प्रहरीले राम्रो काम मात्र गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नराम्रो काम गर्ने सकलदर्जालाई छुट नदिने दाबी गरेका छन् । 

‘गलत नियत राख्नेहरु संगठनबाट बिदा भए हुन्छ, त्यसैमा कल्याण छ’ उनले भने, ‘प्रहरीले गलत नियतले मोलाहिजा गरेको र दुई रुपैयाँ खाएको सुन्न नपरोस् ।’ 

२०५१ सालबाट शुरु भएको सामुदायीक प्रहरीको विकसित रुप प्रहरी–समुदाय साझेदारी कार्यक्रम शुरु भएसँगै  काठमाडौं प्रहरीले २० लाखको लागतमा टेकुमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । करिब

२० लाख लागतमा निर्माण भएको सहायता कक्ष निर्माणका लागी नेपाल बङ्गगलादेश बैंकले आर्थिक सहयोग गरेको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप