डोल्पा तीन दिनदेखि सञ्चारविहीन
डोल्पा– शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ ।
रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जिएसएम र सिडिएमए मोबाइल टावरसमेत अवरुद्ध भएका हुन् ।
मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइ सकिएकाले मङ्गलबार सम्ममा सेवा सञ्चालन हुने नेपाल टेलिकम नेपालगञ्जका कार्यकारी प्रमुख शिवराज खनालले बताए । दुइवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफानसमेत बन्द भएपछि दुनै लगायत विभिन्न स्थानीय तह रहेका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर