बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिसेस व्यूटी क्वीनले देखाए ट्यालेन्ट

आइतबार, ०६ माघ २०७५, १३ : २३
आइतबार, ०६ माघ २०७५

काठमाडौं –सिजन मिडिया प्रा.लिद्धारा आयोजित विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०१९’का २३ प्रतियोगिले आफुमा रहेको प्रतिभा देखाएका छन् ।

शनिबार राजधानिमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले नृत्य, गायनलगायत बिषयमा आफ आफ्नो ट्यालेन्ट देखाएका हुन् । ‘माया लुकी लुकी’ वोलको गीतमा नृत्य गरेर अमृता थापाले सुरु गरेको ट्यालेनट राउण्ड करिव तीन घन्टा चलेको थियो ।

ट्यालेन्ट राउण्डको निर्णायकमा कोरीयोग्राफर राजेन्द्र राई, गायक भिम लिम्वु्, सुजुकी स्कुटरका वजार व्यवस्थापक नवराज कोइराला, फेशन डिजाइनर राधा ढकाल र जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए ।

प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा १२ माघमा प्रज्ञाभवन कमलादीमा आयोजना हुँदैछ । जसमा विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’ ताज सहित रु १ लाख ८५ हजार वरावरको लेट्स सुजुकी स्कुटर, ५ दिने दुवाई भ्रमणको टिकट साथै विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । 

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मोवाइलफोन र ५ दिने दुवई भ्रमणका अलवा विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट हुने आयोजक सिजन मिडियाका प्रमुख प्रदी राज वन्तले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप