दाङमा जुवा खालबाट ४ जना पक्राउ
आइतबार, ०६ माघ २०७५, १३ : ००
बुटवल– दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित एक रेष्टुरेण्टबाट प्रहरीले जुवा तास खेलिरहेका ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्वर ५ (ग) लाइनमा रहेको न्यु हरियाली रेष्टुरेण्टबाट तास र नगद ८८ हजार २ सय ६० सहित चारजना इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद– ५ को दफा १२५ को जुवा तास सम्वन्धि कसुममा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । ४ जनाको नाम भने प्रहरीले गोप्य राख्न चाहेको बतायो ।