मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोफसल टुरका लागि पोखरामा ‘रणवीर’ टोली

आइतबार, ०६ माघ २०७५, १२ : ५४
आइतबार, ०६ माघ २०७५

पोखरा– १८ माघबाट प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ले प्रचार प्रसारका लागि मोफसल यात्रा थालेको छ । निर्माण टोली शनिबार पोखराबाट मोफसला यात्रा सुरु भएको भएको छ ।  निर्माण युनिटले बिहान पोखरामा पत्रकार भेटघाट गर्दै आफ्नो मोफसल यात्रा तथा चलचित्रको बारेमा जानकारी दिएको छ ।

फिल्मका मुख्य कलाकारको समेत सहभागिता रहेको कार्यक्रममा अभिनेता सुशील सिटौलाले चकलेटी भूमिकामा देखिँदै आएको आफुले ‘रणवीर’मा एक्सन भूमिका निर्वाह गरेको बताए । ‘फिल्म भित्र म मुलुकका विकृति बिसंगति विरुद्ध उत्रिएको छु ।’ उनले थपे ।

फिल्ममा सुशीलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।  नवोदित अभिनेत्री एवम् मिसे नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यसअघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम ‘रणवीर’मा पाएका कारण काम गरेको बताइन् ।  उनले आफ्नो अभिनयले दर्शकका मन जित्नेमा विश्वस्त रहेको सुनाइन् । 

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो फिल्ममा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् । आफु नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै सिक्न पाएको उनको भनाई रहेको थियो । 

लेखक निर्देशक गोविन्दसिंह भण्डारीले आफु दक्षिण भारतीय फिल्म उद्योगबाट नेपालमा पनि गुणस्तरीय फिल्म बनाउनुपर्छ भनेर यता आएको बताए । उनले पत्रकार भेटघाटमा बोल्दै फिल्म ‘रणवीर’मा विकराल भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए । 

यसअघि ‘गाजा बाजा’ फिल्म निर्माण गरेका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले मिलेर ‘रणवीर’ बनाएका हुन् ।  कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा ससक्त भएको र निर्देशक गोविन्दको यसअघिका कामबाट आफु प्रभावित भएकाले ‘रणवीर’मा लगानी गरेका बताइन् । 

निर्माता दीपेन्द्र रेग्मीले रणवीरले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने बताए । ‘तिरिमिरी तिन तारा...’ गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटी, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप