शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपिनले भेटे साँच्चिकैका ‘गोपी’

आइतबार, ०६ माघ २०७५, १२ : ३५
आइतबार, ०६ माघ २०७५

काठमाडौं – फिल्म ‘गोपी’को प्रचारमा निस्किएका अभिनेता विपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । चितवनको ठूलो गड्डीस्थित रहेको ढकालको ढकाल गाई फर्म  समेत पुरै भिजिट गरेका बिपिनले व्यवसायको बारेमा पनि जानकारी लिए ।

२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले फिल्मको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महशुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए ।  ‘छोरा भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केहो भन्ने भयो ।’ ढकालले भने ‘ ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाए छन् भन्ने लाग्यो ।’ आजसम्म हल नटेकेका ढकालले गोपी हेर्न परिवारसहित हलमा जाने समेत बताए । 

‘गोपी’ को सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटे । जसले फिल्मको कथा मेरै जस्तो लाग्यो भन्थे’ बिपिनले भने ‘ यो फिल्मको विशेषता नै यही हो फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महशुस गर्नुहुन्छ ।’ 

फिल्मको प्रचारका लागि चितवन आइपुगेको ‘गोपी’को टिममा बिपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् ।  शनिबार नै पत्रकारसँग अन्तरक्रियासमेत गरेको टिमले फिल्मले देशमै केही सकिने सम्भावनालाई फिल्मले प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।  

अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । 

दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप