शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

आइतबार, ०६ माघ २०७५, १२ : २७
आइतबार, ०६ माघ २०७५

लमही– दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

आफ्नै घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक दुई थान, बँदेलको जस्तो देखिने खुट्टाको सपेटा दुई थानसहित उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । 


आगलागीबाट चौध लाख क्षति 

दाङको दुई घरगोठमा आगलागी हुँदा करीब रु १४ लाख बराबरको क्षति भएको छ । हिजो अपराह्न ४ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–७ श्रीखर्क निवासी देवराज पुन र उनको छोरा गोपाल पुनको घरमा आगलागी हुँदा रु १३ लाख ७३ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

आगलागीबाट देवराज पुनको घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र आधा तोला सुन गरी रु छ लाख ८० हजार तथा गोपाल पुनको घरगोठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन, एक तोला सुन, सोलार, नगद रु २५ हजार गरी रु सात लाख ९३ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । 

एक्कासि घरगोठमा लागलागी भए पनि सजगता अपनाएकाले कुनै पनि मानवीय क्षति भने भएको छैन । प्रहरी तथा स्थानीयवासीको सक्रियतामा हिजो साँझ ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप