रणबीर कपुरको सम्बन्धमाथि यसो भन्छन् रणवीर सिंह
बलिउडका एउटै नाम भएका दुई नायक रणबीर कपुर र रणवीर सिंह निकै चर्चित छन् । यी दुईलाई ठूलो पर्दामा एकैपटक देखिएको छैन । तरपनि यी दुईलाई विभिन्न कार्यक्रम र अन्तरवार्तामा सँगै उपस्थित भइसकेका छन् । हालै, यी दुईलाई एक च्याट शोमा सँगै देखियो जहाँ रणवीर सिंहले रणबीर कपुरको रिलेशनशीप स्टेटसबारे कुराकानी गरेका छन् ।
रणवीर सिंहले हालै दीपिका पादुकोणसँग विवाह गरेका छन् । यस्तै, रणबीर कपुर र आलिया भट्टको सम्बन्ध पनि आजकाल चर्चामा छ । उक्त च्याट शोमा रणवीर सिंहलाई रणबीर कपुरलाई सम्बन्धका लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ भनेर सोधियो । यसमा रणवीरले सिधा जवाफ दिए, ‘रणबीर परिपक्व छन्, वयस्क छन् र उनी आफ्नो निर्णय आफैं लिनसक्छन् । उनलाई कसैको पनि सल्लाहको आवश्यकता छैन ।’
गत वर्ष नोभेम्बरमा रणवीर सिंहले इटलीमा दीपिका पादुकोणसँग विवाह गरेका थिए । रणवीर र दीपिकाको जोडी प्रशंसकबीच निकै हिट छ । यस्तै, रणबीर कपुरले गत वर्ष आलिया भट्टसँग आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा